घुस मागेको आरोपमा सत्तारुढ दलका सांसद पक्राउ

हेटौडा न्युज
९ पुष २०७६, बुधबार २२:१८
;

जापानी अधिकारीले सत्तारुढ दलका एक सांसदलाई पक्राउ गरेका छन् । अधिकारीहरुले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का सांसद सुकासा अकिमोतोलाई बुधबार पक्राउ गरेका हुन् ।

जापानको राजधानी टोकियोमा क्यानिसो खोल्न इच्छुक एक कम्पनीबाट घुस लिएको आशंकामा अकिमोतोलाई पक्राउ गरिएको हो ।

बुधबार नै क्यासिनोसम्बन्धी अनुसन्धानका क्रममा अधिकारीहरुले सत्तारुढ दलका सांसद ताताकी शिरासुकाको कार्यालयमा छानबिन गरेको छ । अकिमोतो पक्राउ परे लगत्तै शिरासुकाको कार्यालयमा अधिकारीहरुले छापा मारेका थिए ।

प्रधानमन्त्री शिन्जो आबेको एलडिपी पार्टीकै सांसद पक्राउ परेपछि क्यासिनोप्रति आम विरोध हुन सक्ने जनाइएको छ । सरकारले सन् २०२० को सुरुदेखि नै क्यासिनो खोल्ने तयारी गरेपनि सरकारको उक्त कदम अलोकप्रिय बनिरहेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*