चिताबाट निकालेर मानिसको मासु खाने बाबा

हेटौडा न्युज
११ पुष २०७६, शुक्रबार १८:३७
;

झट्ट यो कुरा सुन्दा जो सुकैलाई पनि रिँगटा लाग्न सक्छ । किनकि श्मशान घाटमा रहेका एक बाबाले १३६ आधा जलेका शवहरुबाट मासु निकाल्दै खाने रहेछन् ।

तर, आफूलाई बाबा भन्ने यी व्यक्ति अब जीवित छैनन् । आफ्नी बहिनीको शवबाट झिकेर मासु खाएको थाहा पाएपछि एक युवाले यी बाबाको हत्या गरिदिएका छन् । हत्या आरोपीले केही दिनपहिले यी बाबाले उनकी बहिनीको आधा जलेको शवबाट मासु झिकेर खाएको स्वीकार गरेकाले आफूले हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

यो घटना भारतको ठाकुरद्वाराको कौशल्या नगर भन्ने ठाउँको हो । ती बाबाको हत्या आरोपमा पक्राउ परेका ती युवाले आफूले रिसमा बाबाको हत्या गरेको बताएका छन् । उनलाई पक्राउ गरेपछि त्यो गाउँका अन्य २६ जनाले पनि बाबाले आफ्नो परिवारका सदस्यको शवबाट मासु निकालेर खाएको भन्दै प्रहरी चौकी पुगेका छन् । 

आफूलाई बाबा भन्ने राजेन्द्र गिरीले तन्त्र विद्याका लागि यसरी शवको मासु निकालेर खाने गरेको बताएको उनको हत्या आरोपमा पक्राउ परेका अंकुशले बताएका छन् । प्रहरीले ती बाबाले १३६ शवको मासु खाएको पत्ता लगाएको छ । प्रहरीले उनको कुटीमा छापा मार्दा पनि चिताबाट निकालिएको मासु बरामद भएको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*