वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार २०:०६
;

श्रीलंकाको पहाडी इलाका हापुतेलमा वायु सेना विमान दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ ।

शुक्रबार चार जना सवार रहेको विमान दुर्घटना भएको श्रीलंकाका सैनिक अधिकारीले जनाएको छ ।

चिनियाँ कम्पनीले बनाएको वाई-१२ को टर्बोप्रोप विमान विराविलाको दक्षिणी बेसबाट दक्षिण कोलोम्बो रत्नमालाका लागि उडेको थियो ।

सैनिक प्रवक्ता चान्दना विक्रमासिंघेका अनुसार उक्त दुर्घटना के कारणले भएको नखुलेको बताएका छन्। उनले चार सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*