अनुमति बिना र्याली निकालेको भन्दै अस्ट्रेलिया प्रहरीद्वारा रोकिए पर्यटनमन्त्री भट्टराई

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार १७:३०
;

भ्रमण वर्ष प्रचार प्रसार गर्न अस्ट्रेलियाको सिड्नीमा निकाल्न लागिएको र्‍याली सुरक्षकर्मीको अवरोधमा रोकिएको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै अस्ट्रेलियाका स्थानीय सुरक्षाकर्मीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहितको टोलीलाई रोकेकीएको हो ।  सिड्नी काउन्सिलले र्याली निकाल्न दुई दिनअघि नै अनुमति दिएको थिएन । 

""
तर, पनि मन्त्री भट्टराईको जोडमा निकालिएपछि प्रहरीले रोकिदिएको हो । जुलुसमा पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, काउन्सिल जनरल दीपक खड्कासहित नेपालीहरूको सहभागिता थियो ।

अष्ट्रेलिया अहिले शोकमा  छ । मन्त्री भट्टराईलाई विवादमा ल्याउने गरि भ्रमण वर्षको कार्यक्रम राखिएको देखिएको भन्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले आपत्ति जनाएका छन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*