मिसाइल आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दाबी

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार १८:३६
;

इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणमा परी कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको छ।

सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङले इस्लामिक रिभोलुसन गार्डस् कोर्पसको स्रोतलाई  उद्धृत गर्दै कम्तीमा पनि ८० अमेरिकी सैनिकले ज्यान गुमाएको जनाएको छ।  

‘हाम्रो घटनास्थलमा भएका स्रोतको रिपोर्टका अनुसार कम्तीमा पनि ८० अमेरिकी सैनिक मारिएको र २०० भन्दा बढी घाइते रहेका छन्,’ इस्लामिक रिभोलुसन गार्डस् कोर्प्सलाई उद्धृत गर्दै तेहरान टाइम्सले लेखेको छ,‘घाइतेलाई तुरून्तै एयरबेसबाट हेलिकप्टरको सहायतामा स्थानान्तरण गरिएको छ।’

मिसाइल हानिएको एन अल-असाद एयरबेस अमेरिकाका लागि रणनीतिक अड्डा थियो जहाँबाट ड्रोनलाई सहयोग पुर्‍याउने प्रयोग गरिएको थियो।

बुधबार इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी मिसाइल आक्रमण गरेको थियो।

गत शुक्रबार अमेरिकाले ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि इरानले आजको हमला गरेको हो।

हमलाबाट साँच्चै कति क्षति भएको हो भन्ने स्वतन्त्र पुष्टी हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसाइल हमलाबाट केही नभएको बताएका छन्।एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*