हामीले अमेरिकालाई केही कदम पछि हट्न बाध्य बनाएका छौं : इरानी अधिकारी

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार २१:२०
;

 इरानको आक्रमणबाट अमेरिका पछि हटेको इरानी अधिकारीहरूले दाबी गरेका छन्।

इरानले आफूले गरेको आक्रमण अमेरिकाले गरेको क्रुर व्यवहारको उत्तरमात्र भएको र त्यसप्रति अब अमेरिकाले कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा भएको इरानले बताएको छ।

‘इराकस्थित अमेरिकी सेनाको शिविरमा गरेको आक्रमणबाट यो क्षेत्र इरानको स्वामित्वमा छ भन्ने कुरा अमेरिकाले पूर्ण रुपमा बुझिसकेको हुनुपर्छ‚’ इरानी एक अधिकारीले दाबी गरे‚ ‘हामीले अमेरिकालाई केही कदम पछि हट्न बाध्य बनाएका छौं। र‚ सम्भावित युद्धलाई मध्यनजर गर्दै हामी पनि केही लचिलो भएका छौं।’

इरानले अमेरिकी सेनाको शिविरमा आक्रमण गरेपछि अमेरिकास्थित ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा परिषदसँगको बैठकमा इरानमाथि लगाइने भनिएको थप नाकाबन्दी र कुन बाटोबाट जाँदा उचित हुन्छ भन्ने विषयमा छलफल भएको थियो।

केही दिनयता इरानका जनरल कासिम सुलेमानीको हत्यापछि इरान-अमेरिका विवाद चुलिएको थियो।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*