सन् १९८८ मा अमेरिकाले इरानी विमान खसालेको बिर्सेका छैनौं :- इरानी राष्ट्रपति रुहानी
अमेरिकाले युक्रेनी विमान इरानले मिसाइल प्रहार गरेर खसालेको आरोप लगाएपछि इरानी राष्ट्रपति हसन रुहानीले शुक्रबार अमेरिकाले सन् १९८८ मा अमेरिकाले इरानी विमान खसालेको स्मरण गराएका छन् ।
इरानमा युक्रेनी विमान दुर्घटना भएको दुई दिनपछि राष्ट्रपति रुहानीले सन् १९८८ मा अमेरिकाले मिसाइल प्रहार गरेर इरानी विमान खसालेको थियो । अमेरिकाले ३ जुलाई १९८८ अमेरिकी नेभीअन्तर्गतको यूएसएस भिनसेन्सले क्रुज मिसाइल प्रहार गरी मा इरानबाट दुबईका लागि उडेको विमान खसालेको थियो । पर्सियन गल्फ क्षेत्रमा खसालिएको उक्त विमानमा २९० यात्रु सवार थिए ।
राष्ट्रपति रुहानीले हामीले सन् १९८८ को २९० को मृत्यु भएको त्यो क्षण नबर्सिएको बताएका हुन् । जसले ५२ जना सम्झिरहेका छन् उनीहरुले २९० जना पनि बिर्सेका छैनन् । उनले ट्विटरमार्फत इरानी राष्ट्रलाई त्रास नदेखाउनसमेत उनले चेतावनी दिएका छन् ।
अमेरिकी ड्रोन आक्रमणमा जनवरी ३ मा इरानी सैन्य कमान्ड र कासिम सुलेमानीको मृत्यु भएपछि अमरिका र इरानबीच तनाव बढेको छ । सन् १९८८ को अवस्थामा पनि यसभन्दा कम थिएन ।
सन् १९८०-८८ को इरान(इराक युद्धका समयमा अमेरिकी नेभी फोर्सले व्यापारिक पानीजहाजलाई पर्सियन क्षेत्रमा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही समयमा अमेरिकाले इरानी जहाज उक्त क्षेत्रमा खसालेको थियो ।
जनवरी ८ मा इरानमा दुर्घटना भएको विमानमा ६३ जना क्यानेडी नागरिक थिए । क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडेउले क्यानेडियन गुप्तचरका अनुसार बोइङ ७३७ इरानले मिसाइल प्रहार गरेर खसालेको बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले उनले ट्रुडेउको कुरा दोहोर्याएका हुन् । सीएनएन