पत्रकारको हत्यापछि प्रधानमन्त्रीले दिए राजीनामा

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १८:२९
;

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले एक खोजी पत्रकारको हत्याको अनुसन्धानपछि राजीनामा दिएका छन् । उनका ठाउँमा रोबर्ट आबेला प्रधानमन्त्री हुने भएका छन् । 

आबेला मस्कटकै पार्टीका सदस्य हुन् । उनलाई लेबर पार्टीको संसदीय दलको नेता अघिल्लो आइतवार निर्वाचित गरिएको थियो । त्यसपछि उनी स्वतः प्रधानमन्त्री बन्ने बाटो खुल्यो । 

सन् २०१७ मा एक कार बम विस्फोटमा पारी खोजी पत्रकार ड्याफ्ने कारुआना गलिजियाको हत्या गरिएपछि हत्यामा संलग्न आफ्ना साथी र साझेदारलाई प्रधानमन्त्री मस्कटले जोगाउन खोजेको भन्दै जनतामाझ आक्रोश छाएको थियो । उनले एक महिनाअघि नै आफूले राजीनामा दिने बताएका थिए । 

आबेलालाई मानवअधिकारकर्मीहरूले शंकाको घेरामा राखेका छन् किनकि उनले देशमा वास्तविक परिवर्तन ल्याउँछन् भन्नेमा उनीहरू विश्वस्त छैनन् । देशको शासनमा अपराधीहरू हावी भएको उनीहरूको भनाइ छ ।

एक्ली महिला विकिलीक्स नाम दिइएकी कारुआना गलिजियाले सरकारको उच्च तहमा रहेको भ्रष्टाचारको पर्दाफास गर्ने गरेकी थिइन् । उनलाई सन् २०१७ को अक्टोबर १६ मा कार बम विस्फोट गराएर मारिएको थियो र त्यस घटनाले संसारभरि हेडलाइन बनेको थियो ।

मृत्यु हुनुभन्दा एक घन्टाअघि उनले ब्लगमा लेखेकी थिइन्, ‘जता हेरे पनि ठगै ठग छन् । परिस्थिति निकै गम्भीर छ ।’ स्रोत : द गार्डियन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*