जापानका एक अर्बपतिले  ट्विटर फलोअरहरूलाई खुसी बनाउन १ अर्ब रुपैयाँ बाँड्ने

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार २०:५६
;

जापानका एक अर्बपतिले आफ्ना ट्विटर फलोअरहरूलाई १ अर्ब रुपैयाँ बाँड्ने भएका छन् । उनीहरूलाई पैसा दिँदा उनीहरूको खुशी बढ्छ कि बढ्दैन भन्ने कुराको ‘सामाजिक परीक्षण’ गर्न खोजेको उनले बताए ।

युसाकु माएजावा नामक ती अर्बपतिले आफ्ना एक हजार फलोअर प्रत्येकलाई दश लाख येन दिन लागेका हुन् । फलोअरहरू कुनै योजनाविना नै छनोट गरिनेछन् । जनवरी १ मा गरिएको पोस्टको रिट्वीट गर्नेहरूलाई मात्र यसमा सहभागी गराइनेछ । अनि पैसाले उनीहरूमा पारेको प्रभावलाई नियमित सर्वेक्षण मार्फत ट्य्राक गरिनेछ ।

४० लाखभन्दा बढी मानिसले उनको सन्देश रिट्वीट गरेका छन् । अब एक लटरीले विजेता निर्धारण गर्नेछ । 

‘यो गम्भीर सामाजिक परीक्षण हो,’ माएजाभाले भने । प्रात्रिक तथा अर्थशास्त्रीहरूको ध्यान यसले आकर्षित गर्ने आशा उनले लिएका छन् । 

यसरी पैसा बाँड्ने कामलाई उनले आधारभूत कमाइसँग जोडेका छन् । 

‘आधारभूत कमाइ भन्नाले नियमित रूपमा आउने न्यूनतम पैसा हो र त्यसले सुरक्षाको एक अनुभूति दिलाउँछ तर माएजावाले दिन खोजेको कुरा पूरै भिन्न हो,’ दाइ–इची लाइफ रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तोशिहिरो नागाहामाले बताए । 

विश्वव्यापी न्यूनतम आयको अवधारणाले धेरै समर्थन पाइरहेको छ किनकि कृत्रिम बौद्धिकता जस्ता प्रविधिले धेरै किसिमका जागिरहरू अन्त्य गर्ने डर छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*