नाइजेरियामा विद्रोही लडाकुको आक्रमण, आक्रमणमा परी ८९ सैनिकको मृत्यु
विद्रोही लडाकुले नाइजेरियाको नाइजर सैन्य बेस क्याम्पमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ८९ पुगेको छ । यस वर्ष नाइजेरियन सैनिक क्याम्पमाथि भएको यो दोस्रो घातक आक्रमण हो ।
विद्रोही लडाकुको आक्रमणमा गत महिना ७१ सैनिकको मृत्यु भएको थियो । बिहीबार नाइजेरियन सरकारले २५ सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएको बताएको थियो । तर, सुरक्षा स्रोतका अनुसार उक्त आक्रमणमा ८९ सैनिकको मृत्यु भएको छ । मृत्यु भएका ८९ कै शनिबार अन्त्येष्टि गरिएको छ ।
एक उच्च सुरक्षा अधिकारीका अनुसार मृत्यु हुनेको संख्या बढी थियो । केही मृतक सैनिकको बिहीबार नै घटनास्थल नजिकै अन्त्येष्टि गरिएको थियो ।
रक्षा मन्त्री इसोफोउ काताम्बेले आइतबार बस्ने राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि कति जनाको मृत्यु भएको थियो भन्ने आधिकारिक र विस्तृत जानकारी दिइने बताएका छन् । अलजजिरा