ओस्कार मनोनयनमा जोकर उत्कृष्ट फिल्म, निर्देशन र अभिनेतासहित सर्वाधिक ११ विधामा मनोनित

हेटौडा न्युज
१ माघ २०७६, बुधबार २२:४१
;

यस वर्षको ओस्कार मनोनयन सार्वजनिक भएको छ। सार्वजनिक मनोनयनमा 'जोकर' सिनेमा सर्वाधिक ११ विधामा मनोनित भएको छ। 'जोकर' उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनित भएको हो।

यसैगरी 'द आइरिसम्यान', १९१७' तथा 'वान्स अपन अ टाइम इन हलिउड' ‍समान १०-१० विधामा मनोनित भएका छन्।

पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि 'जोकर' ११ विधामा नै मनोनयनमा परेको थियो।

उत्कृष्ट सिनेमाको सूचिमा 'जोकर'सँगै 'द आइरिसम्यान', '१९१७', 'प्यारासाइट', 'वान्स अपन अ टाइम', 'फोर्ड भर्सेज फरारी', 'जोजो र्याबिट', 'लिटल उमन' र 'म्यारिज स्टोरी' प्रतिष्पर्धामा छन्।

यसैगरी उत्कृष्ट अभिनेतातर्फ 'जोकर'का जोओकिन फिनिक्ससँगै 'म्यारिज स्टोरी'बाट एडम ड्राइभर, वान्स अपन अ टाइम'बाट लियोनार्दो डि क्याप्रियो', 'पेन एण्ड ग्लोरी'बाट एन्टोनियो बेन्डरस र 'द टुपोप्स'बाट जोनाथन प्राइस छन्।

यसैगरी अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर छन्।

अभिनेता ब्राट पिट 'वान्स अपन अ टाइम' इन हलिउडबाट सह-अभिनेताको मनोनयनमा परेका छन्।

एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*