सिरीयामा सरकारी फौजको आक्रमण, २१ जनाको मृत्यु, ८२जना घाईते

हेटौडा न्युज
२ माघ २०७६, बिहीबार २२:१४
;

 सिरियाको इडलिब प्रान्तमा सरकारी फौजको आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

विद्रोही लडाकु प्रभावित देशको उत्तर पश्चिम प्रान्तमा पछिल्लो समय सरकारी फौजले निरन्तर हमला गरेको छ । रुस र टर्कीबीच युद्धविरामपछि पनि अरिहा सहरस्थित तरकारी बजारमा आक्रमण भएको हो ।

आक्रमणमा नागरिक सुरक्षा समूहका स्वयंसेवक समेत मारिएका छन् । ८२ जना घाइते छन् । स्थानीय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*