अमेरिकामा पनि देखियो डरलाग्दो कोरोन भाइरस

हेटौडा न्युज
८ माघ २०७६, बुधबार १८:०५
;

संयुक्त राज्यले आफ्नो क्षेत्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको पुष्टि गरेको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलले चीनबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको जानकारी दिएको छ । कोरोना भाइरस पहिलो पटक चीनमा देखिएको थियो ।

चीनको युहान शहरबाट फैलिएको यो भाइसरले अहिलेसम्म तीन सय बढीलाई संक्रमित पारिसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

एक टुर अपरेटका अनुसार उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरेको छ ।

अमेरिकाका संक्रमित ती ३० वर्षे पुरुष जनवरी १५ तारिखमा युहानबाट फर्किएको जानकारीमा उल्लेख छ ।

‘बिरामी भएपछि उनी वासिङ्टनमा उपचारका लागि आएका थिए,’ सेन्टर फर डिजिजले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

‘बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरे ।’ परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको २० जनवरीमा थाहा भएको बताइन्छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*