एउटा यस्तो सिक्का, जसको मूल्य १३ लाख डलर पर्छ !

हेटौडा न्युज
८ माघ २०७६, बुधबार २३:१३
;

बेलायतका राजा एडवर्ड–८ ले राजगद्दी छोड्नुपूर्वको तस्बिर भएको एक सुनको सिक्का १३ लाख डलरमा बिक्री भएको छ । यसलाई विश्वकै अत्यन्त दुर्लभ सिक्कामध्येको एक मानिएको छ ।

बेलायती राजवंशको सिक्काको बिक्रीको यो एउटा नयाँ रेकर्ड हो । महारानी एलिजाबेथ द्वितीयका हजुरबुवा किङ एडवर्ड–८ ले एक अमेरिकी विधवा वेलिन सिम्पसनसँग विवाह गर्नका लागि राजगद्दी त्याग गरेका थिए ।

राजगद्दी छोड्नुपूर्वको उनको तस्बिर भएको यो सिक्का किन्ने व्यक्ति एक निजी संग्र्रहकर्ता हुन् । उनी आफ्नो परिचय गोप्य राख्न चाहन्छन् ।

शाही टक्सारका संग्रह सेवाका प्रमुख रेबेका मोर्गनका अनुसार यो सिक्काको कीर्तिमानी मूल्य आश्चर्यमा पार्ने खालको भएको बताएका छन् ।

किंग एडवर्ड–८ को तस्बिर भएको यो सिक्का अत्यन्त दुर्लभ सिक्का मध्येको एक भएको र विश्वमै संग्रह गर्न लायकको सिक्का हो ।

शाही टक्सारका अनुसार २२ क्यारेट सुनको यो सिक्का कहिल्यै सर्वसाधारणका लागि जारी गरिएन र थोरैै मानिसलाई मात्र यसका बारेमा जानकारी थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*