माछाले किशोरको घाँटी छेडेपछि (फोटोसहित)

हेटौडा न्युज
९ माघ २०७६, बिहीबार २१:००
;

माछाको आक्रमणमा परी इन्डोनेसियाका एक किशोर गम्भीर घाइते भएका छन् । १६ वर्षीय मुहम्मद इदुल गम्भीर घाइते भएको मेट्रोले जनाएको छ ।

इदुललाई डुंगामा बसेर माछा मार्ने क्रममा चुच्चो मुख भएको निडल फिस नामक माछाले आक्रमण गरेको थियो । पानीबाट उफ्रेर माछाले उनको घाँटीमा आक्रमण गरेको हो । पानीबाट उफ्रेर माछाले घाँटीमा आक्रमण गर्दा इदुलको घाँटी छेडिएको थियो ।

इन्डोनेसियाका स्थानीय समाचार अनुसार माछाले आक्रमण गरेपछि इदुल डुंगाबाट हुत्तिएका थिए । उनी पानीबाट बाहिर निस्कन सकेको र बाहिर आउँदा उनको घाँटीमा माछा झुण्डिइरहेको थियो ।

""

बाहिर आए लगत्तै इदुललाई उद्दार गरी बाउबाउ शहरको एक अस्पतालमा लगिएको थियो । तर घाँटीमा अल्झिएको माछा निकाल्न विशेष उपकरण चाहिने भएपछि उक्त हस्पतालका डाक्टरले माछा निकाल्न मानेका थिएनन् ।

पछि इदुललाई माकास्सर शहरस्थित एक अस्पतालमा रिफर गरिएको समाचारमा बताइएको छ । उक्त अस्पतालका डाक्टरले १ घण्टासम्म सघन शल्यक्रिया गरेर इदुलको घाँटीबाट माछा निकालेका थिए ।

""

हाल इदुलको अवस्था स्ठीर रहेको अस्पतालले बताएको छ । उनलाई केही दिन अस्पतालमा नै राखिने समेत बताइएको छ ।

सार्वजनिक गरिएका तस्बिरमा शल्यक्रियापछि निकालिएको माछाको टाउको र शल्यक्रिया हुनुपूर्व घाँटीमा झुण्डिएको माछा देख्न सकिन्छ ।

""

उक्त घटना इन्डोनेसियाको बुटोनस्थित एक गाउँमा भएको हो ।

बेलोनिडाइ समेत भनिने निडल फिसको लामो र साँगुरो मुख हुन्छ । यो जातका माछाको दाँत पनि निकै तिखा हुन्छन् । साथै पानीबाट प्रतिघण्टा ३७ माइलको गतिमा उफ्रन सक्छ ।

""

निडल फिसको आक्रमणमा परी हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै माछाको आक्रमणबाट कैयौं घाइते भइसकेको समाचारमा उल्लेख छ ।

सन् १९७७ मा १० वर्षीय बालकको ज्यान गएको थियो । बाबुसँग माछा मारिरहेका ती बालकको आँखा निडल फिसले फुटालिदिएको थियो । त्यस्तै २ वर्षअघि थाइल्याण्डमा २२ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*