गुगल, एप्पल,फेसबुक,अमेजोन र माइक्रोसफ्टका कार्यलय कोरोना भाइरसका कारण बन्द

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २२:२५
;

बहुराष्ट्रिय टेक कम्पनीहरुले चीनमा रहेको कार्यलय बन्द गर्ने निर्णय गरेका छ । गुगल, एप्पल, फेसबुक, अमेजोन तथा माइक्रोसफ्टजस्ता टेक कम्पनीहरुले आफ्नो कर्मचारीको सुरक्षाका लागि चीनको मुख्य भु–भागमा रहेको आफ्ना कार्यलयहरु बन्द रहेको घोषणा गरेको हो । 

बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको जनाएको छ । साथै सो भाइरसको ७ हजार ७ सयलाई संक्रमण रहेको बताइएको छ।

यो भाइरस नेपाल, जर्मनी, फ्रान्स, अमेरिका लगायतका १८ मुलुकमा फैलिसकेको रोयटर्सले जनाएको छ।

भाइरस फैलिन थालेपछि अमेजनले आफ्नो कर्मचारीको सुरक्षाको लागि कम्पनी बन्द गरेको बताएको छ। उसले अर्को सूचना नआउने समयसम्मको लागि चीनमा आवत÷जावत गर्न आफ्ना कामदारलाई निषेध गरेको छ।

यस्तै, एप्पलका सिइओ टिम कुकले पनि चीनको अवस्था नाजुक रहेको भन्दै आफ्ना कामदारलाई चीन भ्रमणमा रोक लगाएको छ। कम्पनीले कम्तिमा पनि तीन स्टोर बन्द गरेको बताएको छ।

आफ्ना कर्मचारीको चीन भ्रमण फेसबुकले पनि रद्द गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यामकाअनुसार फेसबुकले आफ्ना कामदारलाई घरबाटै काम गर्न निर्देशन दिएको छ।

यससँगै गुगलले चीनको मूख्य क्षेत्रको स्टोरहरु बन्द गर्न निर्देशन दिएको छ। साथै आफ्ना कर्मचारीको चिनियाँ भ्रमण रद्द गरेको बताएको छ।

माइक्रोसफ्टले पनि कम्पनीको अनावश्यक भ्रमण रद्द गरी चिनियाँ कम्पनीका कामदारलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*