अनौठो वैवाहिक परम्परा, दुलहीले हुनेवाला दुलाहाको बहिनीसँग यज्ञमा सात फेरो लिनु पर्ने

हेटौडा न्युज
१६ माघ २०७६, बिहीबार २२:५१
;

भारतको गुजरात प्रदेशको उदयपुर शहरमा बस्ने आदिवासीहरूको अनौठो वैवाहिक परम्परा रहेको छ । भारतको एक समाचार एजेन्सी एएनआई अनुसार त्यहाँ बस्ने आदिवासी युवतीको विवाहमा दुलाहा सामेल हुन पाउँदैन ।

नियमानुसार दुलहीसँग दुलाहाकी बहिनी विवाह मण्डपमा बस्छिन् । दुलाहा भने आफ्नो घरमा आफ्नै आमासँग बसिरहेको हुन्छ । यता उसको बिहे भइरहेको हुन्छ ।

दुलहीको घर जन्ती लिएर पनि दुलाहाकै बहिनीले लिएर जान्छिन् । दुलहीले हुनेवाला दुलाहाको बहिनीसँग यज्ञमा सात फेरो लिएपछि विवाह सम्पन्न हुन्छ ।

एएनआईका अनुसार सुरखेडा गाउँका एक बासिन्दा कान्जीभई राथावाले विवाहको सबै कर्म दुलाहाको बहिनीले सम्पन्न गर्ने बताएका छन् । यो प्रथा तीन गाउँमा चल्छ, उनले भने, यहाँ यदि यस्तो गरिएन भने केही ठूलो घटना हुने मान्यता रहीआएको छ ।

गाउँको मुखिया रामसिंहभाई राथावाले भने, धेरैले यो प्रथा तोड्ने कोशिस गरेका थिए तर उनीहरूमाथि नराम्रो घटना घट्यो । कसैको बिहे असफल भयो भने कोही दुर्घटनामा परे ।
अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिला गुजरातका मुख्यमन्त्री थिए । उनले पनि यस प्रथाका बारेमा चासो राखेका थिए । तर उनले हस्तक्षेप भने गरेनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*