कोरोनाभाइरसबाट मर्नेको शव सडकमै भेटिन थाल्यो
हेटौडा न्युज
१७ माघ २०७६, शुक्रबार २१:४०
कोरोनाभाइरसबाट मर्ने चिनियाँको शव सडकमै भेटिन थालेको छ । कोरोनाभाइरस फैलिएको वुहान सहरका सडकमै मानिसको शव भेटिन थालेको हो ।
वुहानको सडकमा कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको शव बिहीबार भेटिएको एएफपीले जनाएको छ । मृत फेला परेका मानिसको हातमा प्लास्टिकको झोला छ ।
मृतकको उमेर करिब ६० वर्ष जस्तो देखिने पनि एएफपीले जनाएको छ । ती व्यक्तिको मृत्यु कोरोनाभाइसरकै कारण भएको हुन सक्ने आशंका गरिएको छ । एजेन्सी