वुहान जानुअघि चिकित्सकका भावुक बनाउने तस्बिरहरु

हेटौडा न्युज
२० माघ २०७६, सोमबार १९:१५
;

गत डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस अहिले विश्वका २४ मुलुकमा फैलिसकेको छ। एसियाका विभिन्न मुलुक तथा अमेरिका युरोप लगायतका देशमा फैलिएको हो।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्र ३६१ जनाले भाइरसका कारण ज्यान गुमाएका छन्। त्यस्तै, आइतबार फिलिपिन्समा पनि एक पुरुषको ज्यान गएको थियो। अहिले चीनमा मात्र भाइरस संक्रमितको संख्या १७,२३८ पुगेको छ। अन्य मुलुकमा १४८ जनामा संक्रमण देखिएको पुष्टि भएको छ। चीनमा ४८० जना उपचारबाट निको भएका छन्।

भाइरस प्रभावित प्रान्त हुबेइको वुहान सहर विभिन्न प्रान्तबाट संक्रमितको उपचारका लागि चिकित्सक टोली प्रस्थान गरिरहेका छन्। १ हजार ४ सय सेनाको चिकित्सक टोली वुहान जाने भएको छ। उक्त टोलीले १० दिनमा निर्मित हजार शैय्याको अस्पतालमा संक्रमितको उपचार गर्ने बताइएको छ। उक्त अस्पतालको निर्माण आइतबार सम्पन्न भएको  हो। अस्पतालमा सोमबारदेखि उपचार सुरु हुने बताइएको छ।

आइतबार विभिन्न प्रान्तदेखि चिकित्सक टोली वुहान गएको छ। वुहान जानुअघि ती चिकित्सकले आफन्त तथा साथीभाइबाट विदाइ भएका थिए।  वुहान जानुअघि ती चिकित्सक निकै भावुक मुद्रामा देखिएका थिए। तीनै चिकित्सकका १० तस्बिर सिन्ह्वाले प्रकाशित गरेको छः

""

आइतबार कोरोना भाइरस नियन्त्रणका लागि वुहान जानुअघि आफ्नो श्रीमान्लाई अंकमाल गर्दै चीनको सान्सी प्रान्तकी वेइ चिन (दायाँ) ।

""
कोरोना भाइरस नियन्त्रण गर्न हुबेइ प्रस्थान गर्ने बेला साथीलाई अंकमाल गर्दै हेनान प्रान्तकी एक चिकित्सक।

""

सान्सी प्रान्तदेखि हुबेइ प्रस्थान गर्न लागेकी साथी लेइ सिआओफेनलाई अंकमाल गर्दै जाओ ली (दायाँ)।

""
कोरोना भाइरस प्रभावित क्षेत्र हुबेइ प्रस्थान गर्ने बेला आफ्नो साथीलाई अंकमाल गर्दै सान्सी प्रान्तकी स्वास्थ्यकर्मी ली सिआओयान (बायाँ) ।

""

चीनको हेनान प्रान्तमा वुहान प्रस्थान गर्नुअघि सामूहिक तस्बिर खिचाउँदै एक स्वास्थ्यकर्मी टोली। उनीहरू त्यहाँबाट आइतबार कोरोना भाइरस प्रभावित प्रान्त हुबेइ प्रस्थान गरेका थिए।

""

आइतबार हेनान प्रान्तको चेन्गाउमा वुहान जानुअघि सामूहिक रूपमा कसम खाँदै स्वास्थ्यकर्मीको एक टोली।

""
आइतबार कोरोना भाइरस प्रभावित क्षेत्र वुहान जानुअघि आफ्नो भान्जीलाई समाउँदै स्वास्थ्यकर्मी वाङ छिआन (दायाँ)।

""
हुबेइ प्रस्थान गर्दै गर्दा आफ्नो साथीसँग विदाइ गर्दै सान्सी प्रान्तकी एक स्वास्थ्यकर्मी (दायाँ)।

""
आइतबार वुहानका लागि सिचुवान छोड्ने बेला सामूहिक रूपमा प्रतिज्ञा गर्दै स्वास्थ्य कर्मचारीको टोली।

""
वुहान जानुअघि सिचुवान प्रान्तको छेन्दु विमानस्थलमा सुरक्षा सामग्री लगाउन सजिलोका लागि आफ्नो कपाल कटाउँदै स्वास्थ्य कर्मचारी हु रोङ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*