सावधान कतै तपाईका डाटाहरु गुगलले रेकर्ड गरेको त छैन ? यसरी पत्ता लगाउनुहोस !

हेटौडा न्युज
२१ माघ २०७६, मंगलवार १९:०७
;

यदि तपाईंले एन्ड्रोइड फोन चलाउनु हुन्छ र कम्प्युटरमा इन्टरनेट चलाउँदा क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने तपाईंका हरेक कदमका बारेमा गुगलले जानकारी पाउने सम्भावना अत्यधिक हुन्छ ।

प्लेस्टोरबाट कुन एप डाउनलोड गर्नुभयो भन्ने देखि लिएर कम्प्युटरमा कुन वेबसाइट खोलियो भन्ने सम्मका सबै डाटाहरु गुगलसँग सुरक्षित हुन्छन् । यदि तपाई‌ले गुगल एसिस्टेन्ट प्रयोग गर्नुहुन्छ भने त तपाई‌ंले फोनमा बोलेर खोजेका सबै कुराहरु गुगल अकाउन्टमा सेभ हुन्छन् ।

धन्न गुगलले आफ्ना यस्ता डाटाहरु आफैंले हेर्न सकिने सुविधा दिएको छ र आफ्नो प्रोफाइल सेटिंग्समा गएर गुगलका आफ्ना यस्ता डाटाहरु हेर्न सकिन्छ । त्यस्तै तपाईंले आफ्नो डाटा तथा वेब क्रियाकलाप गर्नबाट गुगललाई रोक्ने विकल्प पनि उपलब्ध छ ।

कसरी हेर्ने आफ्ना गुगल डाटा ?

यसका लागि आफ्नो कम्प्युटरको ब्राउजरमा जिमेल अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि दायाँपट्टी रहेको आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरी Manage Your Google Account अप्सनमा क्लिक गर्नुहोस् । त्यसो गरिसकेपछि गुगल अकाउन्ट सेटिंग्सको पेज छुट्टै ट्याबमा खुल्नेछ ।

त्यसपछि त्यहाँ रहेको Privacy and Personalisation अप्सन भित्र रहेको manage your data and personalization अप्सनमा क्लिक गर्नुहोस् । अनि त्यहाँ देखिने Activity Control भित्र रहेको Web and App Activiry अप्सनभित्र तपाइँका गुगल साइट तथा एपहरु सँग सम्बन्धित सम्पूर्ण डाटाहरु हेर्न सकिन्छ ।

साथै तपाईंले त्यहाँ आफ्नो लोकेसन हिस्ट्रीका साथै युट्युब हिस्ट्री पनि हेर्न सक्नुहुन्छ ।

गुगललाई आफ्ना डाटा रेकर्ड गर्नबाट कसरी रोक्ने ?

गुगललाई आफ्ना पर्सनल डाटा संकलन गर्नबाट रोक्नका लागि माथि उल्लेखित सेक्सनमै रहेको स्विच मेनूमा क्लिक गरी स्विच अफ गर्नु पर्दछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*