कोरोनाभाइरसका कारण देहव्यापारमा खराब असर परेपछि पहिचान लुकाउँदै चिनियाँ युवती
नमा कोरोनाभाइरसले ४९० जनाको ज्यान लिइसकेको छ र २४ हजारभन्दा बढीलाई संक्रमित गराएको छ । संसारका अन्य देशमा पनि भाइरस संक्रमित मानिसको केस आइरहेको छ ।
कोरोनाभाइरसको खराब असर देहव्यापारमा संलग्न चिनियाँ युवतीहरूमा पनि परेको छ ।
विदेशमा देहव्यापार गरिरहेका चिनियाँ युवतीहरू आफ्नो राष्ट्रियता लुकाइरहेका छन् वा आफू अर्कै देशको भएको बताइरहेका छन् । कोरोनाभाइसरका कारण आफूहरूमाथि विभेद भइरहेको उनीहरूले बताए ।
केही अन्लाइन पोर्टलमा चिनियाँ युवतीहरूले आफ्नो प्रोफाइलमा चीन शब्द लुकाएका छन् । एक यौनकर्मीले आफ्नो रेट आधा घटाएको र राष्ट्रियता लुकाएको बताइन् ।
कोरोनाभाइरसको संक्रमण आएपछि आफूहरूको आय स्वात्तै घटेको र यसअघि यति खराब व्यापार कहिल्ये नगरेको चिनियाँ यौनकर्मीहरू बताउँछन् ।
त्यसो त कैयौं यौनकर्मीहरू आफ्नो मूल देश चीन नगएको पनि वर्षौं भइसकेको छ । तैपनि उनीहरूको सम्पर्कमा आउने मानिसहरूले उनीहरूमा कोरोनाभाइसरसको संक्रमणको आशंका गरेका छन् ।
कोरोनाभाइरसबाट बच्नका लागि अहिलेसम्म कुनै भ्याक्सिन खोज्न सकिएको छैन । भाइरसको लक्षण पाइएपछि मानिसहरूलाई आइसोलेसनमा बस्ने अनि तुरुन्तै चिकित्सकलाई भेट्ने सल्लाह दिइन्छ । एजेन्सी