अष्ट्रेलियामा मुसलधारे वर्षा, एक तिहाइ डढेलो निभ्यो

हेटौडा न्युज
२४ माघ २०७६, शुक्रबार २२:५२
;

अष्ट्रेलियाको न्यु साउथ वेल्समा परेको मुसलधारे वर्षापछि डढेलोको एक तिहाई भाग निभेको छ।

शुक्रबार न्यु साउथ वेल्समा भएको मुसलधारे वर्षाले करिब ६० स्थानमा लागेको आगो मध्ये २० स्थानको आगो निभेको हो। साथै अधिकारीहरुले यो वर्षाले अझै थप आगो निभ्न सक्ने जनाएका छन्।

यद्यपी वर्षाको स्वागत गर्दैगर्दा सिड्नी तथा अन्य शहरमा बाढी आउन सक्ने सम्भावना समेत रहेको अधिकारीहरुले औंल्याएका छन्।

शुक्रबारको पानीले अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीको माटो १५ महिनायताकै ओसिलो बनेको छ। मौसम विभागका अनुसार शुक्रबार अष्ट्रेलियाका केही शहरमा ६० देखि ९० मिलिमिटरसम्म पानी परेको छ।

शनिबार १२० देखि १५० सम्म र आइतबार ९० देखि १५० मिलिमिटर सम्म पानी पर्ने पूर्वानुमान गरिएको द गार्डियनले जनाएको छ।

गत वर्षको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलो इष्ट कोस्टसम्म फैलिएको थियो। उक्त डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले अझै प्रयास गरिरहेका छन्।

डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ। करिब २५ सय घर आगोले नष्ट भइसकेका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*