अन्तर्जातीय विवाह गरेका एक दम्पत्तीले बहिष्कार फुकाउन गोबर र गौमुत्र खानुपर्ने सजाय

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २०:१३
;

भारतको उत्तरप्रदेशस्थित झाँसीको प्रेमनगरमा पञ्चायतले एक दम्पत्तीलाई गोबर र गौमुत्र खाने सजाय सुनाएको छ।

पञ्चायतले अन्तर्जातीय विवाह गरेका उनीहरुलाई सामाजिक बहिष्कार फुकाउन गोबर र गौमुत्र खाने सर्त राखेको हो।

भूपेश यादवले करिब पाँच वर्ष अघि आस्था जैनसँग अन्तर्जातिय विवाह गरेका थिए। दुबै परिवारको सहमतिमै विवाह भएपनि उनिहरुलाई समाजले स्वीकारेका थिएनन्।

केही दिनअघि मात्रै उनीहरुलाई समाजमा स्विकार्य बनाउन गाउँमा पञ्चायत बोलाइएको थियो। त्यस दिन बसेको बैठकले सामाजिक बहिष्कार फुकाउन भूपेशकी श्रीमतीले गोबर र गौमुत्र खान पर्ने, नखाए पाँच लाख जरिवाना तिर्नुपर्ने निर्णय सुनाइएको थियो।

शुक्रबार पञ्चायतको निर्णय कार्यान्वयन गर्ने दिन थियो। तर त्यसअघि नै सो निर्णय विरुद्ध भूपेश दम्पतिले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा निवेदन दिए।

गाउँलेले उनीहरुको परिवारलाई धम्क्याउने समेत गर्ने गरेको भूपेशलाई उदृत गर्दै बिबिसी हिन्दीले बताएको छ।

प्रमुख अधिकारी शिवसहाय अवस्थीका अनुसार उक्त निवेदन पछि थप अनुसन्धान गरी छ जना विरुद्ध मुद्दा दायर गरिएको छ। उनको परिवारलाई सुरक्षा समेत दिइएको उनले बताए।

पञ्चायत बैठकमा पुरै गाँउका मान्छे भेला भएपनि केहीले मात्रै गोबर र गौमुत्र खुवाउने सर्त राख्न दवाब दिएको बताइएको छ।स्रोतः बिबिसी हिन्दी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*