एक भिखारीले गरे लाखौं रकम दान
भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको विजयवाडा निवासी एक भिखारीले विगत सात वर्षको अवधिमा झण्डै आठ लाख भारु दानमा दिएका छन् ।
७३ वर्षिया यादी रेड्डीले त्यहाँको साइबाबा मन्दिरलाई उक्त रकम दान दिएका हुन् ।
रेड्डीले दान गरेर आफूलाई फाइदा नै भएको बताए । उनले दानको कृपाले आफ्नो भिख रकम बढेको बताए । यादी आफूले दान गरेको मन्दिरबाहिर नै भिख माग्ने गर्छन् । मन्दिर प्रशासनले यादीको सराहना गरेका छन् ।
रेड्डी विगतमा रिक्सा चलाएर आफ्नो जिविका चलाउँथे। घुँडामा समस्या आएपछि उनले उक्त रोजगारी त्यागेका थिए । त्यसपछि उनी भिख मागेर जीवनयापन गरिरहेका छन् ।
मन्दिरमा दान गरेकै कारण मानिसले उनलाई चिन्न थालेको भन्दै रेड्डीले खुसी व्यक्त गरे ।
‘मैले आजसम्म मन्दिरमा आठ लाख भारु दानमा दिएँ । भावी दिनमा सबै रकम मन्दिरलाई नै दान गर्छु ,’ रेड्डीले बताए ।
मन्दिर प्रशाशनका अनुसार रेड्डीले सहयोग गरेको रकमले मन्दिरको सुधारमा विभिन्न काम भएका छन् । एजेन्सी










