कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दो, १६ सय भन्दा बढीको मृत्यु, झण्डै ७० हजार संक्रमित

हेटौडा न्युज
४ फाल्गुन २०७६, आईतवार १९:४९
;

'कोभिड-१९' नाम दिइएको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय कटेको छ।

आइतबार सम्मको रिपोर्टअनुसार कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ६५ रहेको छ। साथै कुल ६८ हजार पाँच सयमा संक्रमण देखिएको छ।

शनिबार मात्रै चीनको हुबेई प्रान्तमा एक सय ३९ जनाले ज्यान गुमाएका थिए जहाँबाट गत डिसेम्बरदेखि कोरोनाभाइरस फैलिएको थियो।

सोही प्रान्तमै थप  एक हजार आठ सय ४३ जनामा कोरोनाको संक्रमण रहेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। त्यसमध्ये पनि एक हजार पाँच सय ४८ जना हुबेईको राजधानी वुहानबाट थिए।

चीन बाहिर पनि कोरोनाभाइरसको संक्रमणले तीन जनाको ज्यान गइसकेको छ। जापान, फ्रान्स र फिलिपिन्समा एक-एक जनाले ज्यान गुमाएका हुन्। पोष्टका अनुसार नौ हजार चार सय ६५ जनाको उपचार भइसकेको छ। एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*