बन्दुक हमलामा ८ जनाको मृत्यु

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार १८:५१
;

पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ।

अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा बारमा घटेको हो। घटनामा ५ जना घाइते भएको जनाइएको छ।

पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो।

जर्मन अधिकारीहरू घटनापछि आक्रमणकारी त्यहाँबाट भागेको र ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको बताएका छन्।

""

 

हाल प्रहरी र हेलिकप्टरले घटनास्थल र त्यसको वरीपरि गस्ती गरिरहेका छन्।

समाचारका अनुसार पहिलो हमलामा ३ जनाको मृत्यु भएको छ भने दोश्रो हमलामा ५ जनाको मृत्यु भएको छ। आक्रमणको कारण खुल्न सकेको छैन्।

हनाउ शहर जर्मनीको फ्रान्कफर्ट शहरबाट २५ किलोमिटर पूर्वमा पर्छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*