कोरीयामा कोरोना संक्रमितको संख्या बढ्दो, शनिबार साँझसम्म ४ सय ३३ पुग्यो 

हेटौडा न्युज
१० फाल्गुन २०७६, शनिबार २०:४६
;

 कोरियामा  कोरोना संक्रमितको संख्या शनिबार साँझसम्म ४ सय ३३ पुगेको छ।

शुक्रबार साँझसम्म २ सय ४ को संख्यामा रहेकोमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै कोरियाका नेपाली डाक्टर राजेशचन्द्र जोशीले जानकारी दिए।

कोरियामा मंगलबारसम्म ३१ जनाको संख्यामा रहेको संक्रमितको संख्या पछिल्लो ४ दिनमा ४ सय २ जनाले वृद्वि भएको हो।

पछिल्लो संक्रमण थेगुस्थित सिनछन चर्चबाट फैलिएको केन्द्रले जनाएको छ।

सरकारले थेगुलगायत थेगु वरिपरीका बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्किन अपिल गरेको छ।

कोरियामा कोरोनाबाट यसअघि नै १ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म विश्वभरिबाट २ हजार ३ सय ६० जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।

यसैगरी ७७ हजार ७ सय मानिसमा संक्रमण फैलिएको छ। चीनभन्दा बाहिरका देशमा मात्रै सो भाइरसबाट १५ जनाको मृत्यु भएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*