इरान, दोहा हुँदै सिड्नी पुगेकी महिलामा देखियो कोरोना भाईरस

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २०:५४
;

अष्ट्रेलियाली सरकारले गत साता कतार एयरवेजको एक उडानबाट दोहा हुँदै सिड्नी पुगेका यात्रुलाई कोरोनाभाइरस भए/नभएको चेकजाँच गराउन आग्रह गरेको छ।

गत फेब्रअरी २३ मा कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ९०८मा अष्ट्रेलिया पुगेकी एक महिलामा कोरोनाभाइरसको संक्रमण रहेको भेटिएपछि त्यस विमानमा रहेका अन्य यात्रुलाई  पनि चेकजाँच गर्न आग्रह गरिएको हो। साथै लक्षण देखिए तत्कालै उपचार गर्न भनिएको छ। इरान घुमेर सिड्नी दोहा हुँदै सिड्नी पुगेकी ती ५० वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएको थियो।

सोमबार न्यु साउथ वेल्सका स्वास्थमन्त्री ब्राड ह्याजार्डले सरकारले त्यस विमानमा रहेका यात्रुहरूलाई सम्पर्क गर्न खोजिरहेको बताएका छन्।

आइतबार पनि इरानाट सिड्नी आएका ४० वर्षका एक पुरूषमा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको डेली मेलले जनाएको छ।

अष्ट्रेलियामा २९ जनामा कोरोनाभाइरसको संक्रमण भेटिसकेको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*