एक विद्यार्थीको भावुक बनाउने प्रश्नः मैले ल्याएको बढी अंक सबभन्दा कम ल्याउनेलाई दिन मिल्छ ?
परीक्षामा आफ्नो नम्बर बढाउनका लागि विद्यार्थीहरू फरक फरक तरिकाले शिक्षकको मन जित्ने कोशिश गरिरहेका हुन्छन् ।
केही विद्यार्थी परीक्षा कपीमा आफ्ना दुःखपीडा पनि लेखिरहेका हुन्छन् अनि केही चाहिँ घूस खुवाउँछन् ।
तर एक यस्ता विद्यार्थी पनि भेटिएका छन् जसले आफूलाई आएको अतिरिक्त नम्बर अरूलाई दिने प्रस्ताव गरेका छन् । अमेरिकाको केन्टकीको एक विद्यालयमा पढाउने एक विद्यार्थीले उत्तरपुस्तिकामा यस्तो प्रस्ताव गरेका हुन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उत्तरपुस्तिकामा विद्यार्थीले शिक्षकसँग परीक्षामा पाउने बोनस अंक सबभन्दा कम अंक ल्याउने विद्यार्थीको अंकमा जोड्न अनुरोध गरेका छन् ।
यसलाई फेसबूकमा शेयर गर्दै विन्सटन लीले लेखे, ‘ए प्लस पाउने मेरो एक विद्यार्थीले आफ्नो ५ बोनस पोइन्ट आवश्यकता परेको कुनै विद्यार्थीलाई दिने अफर गरेका छन् । यति धेरै इमान्दारी कसैमा देख्न पाइन्छ त रु’
यसमा मानिसहरूले फरक फरक प्रतिक्रिया दिइरहेका छन् । कसैले चाहिँ एक विद्यार्थीको अंक अर्कोलाई दिन नमिल्ने बताएका छन् भने कसैले चाहिँ संसारमा यस्ता दयालु व्यक्ति पनि छन् भनी प्रशंसा गरिरहेका छन् ।
एजेन्सी