कोरोना भाइरसबाट संक्रमित हुन्छ कि भन्ने डरले श्रीमतीलाई बाथरुममा थुनिदिएपछि…

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार १९:१०
;

एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताएका छन् ।

बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमानले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।

डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रञमण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् ।

खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्रञमित भेटिएका छैनन् ।

संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् ।

संसारभरी कोरोनाभाइञरसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृञत्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*