कोरोना संक्रमित र मृतकको संख्यामा वृद्धी, सबै स्कूल–कलेज बन्द हुने

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १७:२०
;

कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ ।

अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ । इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म बन्द गर्नेबारे विचार गरिरहेको छ ।

 

""कोरोना भाइरसका शिकारः

बुधबार इटलीको सरकारले स्कूल कलेज बन्द गर्ने ÷नगर्ने विषयमा बैठक बसेको थियो ।

 बैठकपछि इटलीकी शिक्षामन्त्री लूसिया अजोलिनाले भनिन्, ‘इटलीको समाचार एजेन्सी अनसा र अन्य स्थानीय च्यानलमा स्कूल–कलेज बन्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ ।’

ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखापरेका छन् ।

ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*