घरबाटै काम गर्न  फेसबुक र गुगलको निर्देशन

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार १९:०५
;

विश्वप्रसिद्ध प्रविधि कम्पनी फेसबुक र गुगलले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको त्रासपछि बिहीबार फेसबुक र गुगलले अमेरिकास्थित सान फ्रान्सिस्को शहरका कर्मचारीलाई घरैबाट काम गर्न निर्देशन दिएको हो । 

ट्वीटरले यसअघि नै आफ्ना कर्मचारीलाई घरबाट काम गर्न निर्देशन दिइसकेको थियो। हाल अमेरिकामा पनि कोरोनाभाइरसको प्रकोप बढ्दै गएको छ।

अमेरिकामा हालसम्म सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*