कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले भवन भत्किदाँ ४ जनाको मृत्यु

हेटौडा न्युज
२५ फाल्गुन २०७६, आईतवार १६:३९
;

चीनमा क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ ।  कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाईन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको मृत्यु भएको हो । 

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ ।

आइतबार बिहानसम्ममा यहाँका ३ हजार ७० मानिसको कोरोनाका कारण ज्यान गएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार संक्रमितको संख्या विश्वभर १ लाख नाघ्दा चीनमा मात्रै ८० हजार ६ सय ५१ जना मानिसमा यसको लक्षण देखापरेको छ । यद्यपि, संक्रमण दर र संक्रमितले स्वास्थ्यलाभ गर्ने दर भने पछिल्ला केही दिनयता बढेको चीनको दाबी छ । ५६ हजार ९ सय ३ जना संक्रमित भने स्वास्थ्य लाभ गरेर घर फर्केको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*