कोरोना भाइरसको संक्रमणबाट इण्डोनेशियामा पहिलो पटक एक जनाको मृत्यु

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार २०:३१
;

 इण्डोनेशियाले कोरोना भाइरसका कारण पहिलो पटक आफ्नो मुलुकमा १ जनाको ज्यान गएको जनाएको छ ।

इण्डोनेशियाको कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले मुलुकमा पहिलो पटक कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुनेमा ५३ वर्षे विदेशी महिला छिन् ।

कोरोना भाइरलको संक्रमण देखिनुअघि नै उनीमा उच्च रक्तचाप, फोक्सोमा समस्या र थाइराइडजस्ता स्वास्थ्य समस्या रहेको उक्त कार्यदलका प्रवक्ताले जनाएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान २ बजे ती बिमारीको मृत्यु भएको जनाइएको छ । मृतकबारे सम्बन्धित दूतावासलाई जानकारी गराइएको भए पनि मृतकको पहिचान सार्वजनिक गरिएको छैन ।

यस्तै, इण्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ । इण्डोनेशियामा गत साता पहिलो पटक कोरोना भाइरसका संक्रमित देखा परेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*