कोराना भाईरस लाग्दैन भन्दै रक्सी पिउने २७ जनाको मृत्यु

२९ फाल्गुन २०७६, बिहीबार १३:२३
इरानमा तीव्र दरमा फैलिरहेको कोरोना भाइरसबाट बच्न ७० हजार कैदीलाई अस्थायी रूपमा रिहा गरिएको छ। इरानको लगभग सबै क्षेत्रमा कोरोना भाइरस फैलिएको छ।
यसैबीच इरानका दुई प्रान्तमा विषाक्त रक्सी पिउनाले २७ जनाको मृत्यु भएको छ । रक्सी पिउनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाउने अफवाह फैलिएको थियो । इरानका न्याय विभागका प्रमुख इब्राहिम रेसीले सोमबार कैदीलाई अस्थायी रूपमा रिहा गर्ने घा्षणा गरेको थिए ।
स्रोतः कारोबारदैनिक