कोरोनाको संक्रमणबाट एकैदिनमा १ सय ८९ जनाको मृत्यु 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १७:०४
;

कोरोना भाइरस (कोभिड–१९) का कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण बिहीबार एकै दिन ३ सय ४५ जनाको मृत्यु भएको हो ।

चीनपछि इटालीमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ । इटालीमा कोरोना भाइरसबाट १५ हजार १ सय १३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ हजार १६ जनाको मृत्यु भइसकेको छ ।

इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ । उता स्पेनमा ३१ जनाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ ।

कोरोना भाइरसका कारण हालसम्म विश्वमा ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी चीनमा ३ हजार १ सय ७० जना रहेका छन् ।

इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । हालसम्म एक लाख ३४ हजार ६ सय ८५ जना संक्रमित भएकोमा ६९ हजार १ सय ४५ जना निको भएर घर फर्किएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*