कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो, ११ हजारभन्दा बढीमा सङक्रमण

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १९:५९
;

इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो । 

त्यस्तै सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ जसमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकाे इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अकबर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ ।

 मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्तिमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।  इजरायलमा १४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरबका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ ।

कुवेतमा कुल १०० जना बिरामी भएका छन् । लेवनानमा थप ६ सहित कुल ७७ जना बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित भए पनि संख्या भने थोरै छ ।  रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*