संसार नै आश्चर्यचकित हुने एउटा घटना, प्रेमिका खोज्न बाघले गर्यो २ हजार किमीको यात्रा !
अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चर्चा ब्याप्त छ ।
यो बाहेक फाट्टफुट्ट रुपमा राजनीतिक घटनाक्रमका बिषय पनि चर्चामा छन् । तर संसार नै आश्चर्यचकित हुने एउटा घटना भने अहिले गुपचुप छ । यद्यपि यसले सामाजिक सञ्जाललाई भने तताएको छ ।
भाइरल भएको यो घटनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सह्रना समेत गरेका छन् । खासमा सामाजिक सञ्जालमा भाइरल भएको यो बिषय बाघको हो ।
जुन बाघले आफ्नो साथीको खोजीमा २ हजार किलोमिटरको यात्रा गरेको छ । भारतको महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको एक बाघको यात्रा र उसले तय गरेको यात्राको म्याप ट्रयाकिङसहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो।
भारतीय सञ्चारमाध्यम जी न्यूजमा आएको खरब अनुसार यो बाघ आफ्नो प्रेमिकाबाट छुट्टियो । त्यसपश्चात उसले आफ्नी जोडी बघिनीको खोजी गर्न थाल्यो ।
यस क्रममा उसले झण्डै १ बर्षको अवधीमा कैयौं नहर, खेत, जंगल, सडक पार गर्दै प्रेमिका खोज्ने काम तीव्र पार्यो । यस अवधिमा उसले थकान वा पीडाको कुनै वास्ता गरेन । उक्त बाघ दिउँसो आराम गर्थ्यो र रातभर प्रेमिकाको खोजिमा निस्कन्थ्यो ।
वन विभागका अधिकारीद्वारा ट्वीटरमा सार्वजनिक गरीएको तस्वीर र म्याप ट्र्याकिङ सहितको पोष्ट बाघले गरेको यात्रा र उसको संर्घषलाई उल्लेख गरीएको छ ।
पोष्टको क्याप्सनमा लेखिएको छ, २ हजार किमीको यात्रापछि हाल महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको जंगलमा आइपुगेको छ ।
उक्त ट्वीट भाइरल बनेपछि अनेकौं प्रतिकृयाहरु आउन थालेका छन् । एक प्रयोगकर्ताले बघिनी कति भाग्यशाली छिन्, जसले २ हजार किमीको यात्रा गरेर खोज्न आउने बाघ पाएकी छन् भनेर लेखेका छन् । स्रोत: जी न्यूज