सवारी दुर्घटनामा जलेर ५ जनाको ज्यान गयो

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार १६:५४
;

दुर्घटनापछि भारत, मध्यप्रदेशमा जलेर पाँच जनाको मृत्यु भएको छ । सो स्थानमा एउटा ट्रक अनियन्त्रित भएर सडकमै पल्टिएको र लगत्तै पछाडिबाट आइरहेको अर्को ट्रक पनि  ठोक्किएपछि आगलागी भएको थियो । 
आगलागी भएपछि ट्रकमा सवार चार जनाको र उपचारको क्रममा एक जनाको ज्यान गएको जनाइएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । 
दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी र अग्नि नियन्त्रण टोली पुगेको थियो । 

श्रोतः एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*