२४ घण्टामै कोरोेना संक्रमितको संख्या ४० प्रतिशतले बढ्यो
अमेरिकामा गत २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४० प्रतिशतले बढेको छ। अहिले संक्रमितको संख्या ९ हजार नाघेको छ भने मृतक संख्या १ सय ५४ पुगेको छ।
अमेरिकी सरकारले कोरोनाको महामारीविरुद्ध लड्न १८ महिनाका लागि योजना बनाएको छ।
सीएनएनका अनुसार संघीय सरकारले कोरोना भाइरस महामारीसँग कसरी लड्ने भनेर एक सय पृष्ठ लामो योजना बनाइएको छ। जसमा महामारी १८ महिनासम्म लम्बिने उल्लेख गरिएको छैन। तर, तयारी भने त्यो अवधिसम्मका लागि गरिएको छ।
सो योजना गत शुक्रबार तयार गरिएको बताइएको छ।
पछिल्लो साता अस्पतालहरुको क्षमता बढाउन र स्वास्थ्यसामग्रीको आपूर्तिमा सघाउने बताएको छ।
‘एक हिसाबले मैले युद्धको समयमा राष्ट्रपति बनेजस्तो महसुस गरेको छु,’ बुधबार पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने। एजेन्सी