पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा कोरोना संक्रमित !

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार १८:०४
;

 बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ ।

पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । तर उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगे ।

प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् ।

३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*