४३ जना डाक्टरलाई समेत कोरोनाको संक्रमण

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २०:११
;

भारतको केरलास्थित एउटा अस्पतालमा कार्यरत ४३ जना डाक्टरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरु सबैलाई चिकित्सकीय निगरानीका साथ आइसोलेसनमा राखिएको छ।

श्री चित्र तिरुनाल इस्टिच्यूट फर मेडिकल साइन्स एन्ड टेक्नोलोजी तिरुवन्तपुरममा कार्यरत ती डाक्टरलाई अस्पतालको ग’म्भीर लापरबाहीका कारण भाइरसको संक्रमण देखिएको बताइएको छ।

विदेश राज्यमन्त्री भी मुरलीधरम मंगलबार एउटा उच्चस्तरीय बैठकका लागि उक्त अस्पतालमा गएका थिए। उनलाई पनि घरमै क्वारेन्टाइनमा राखिएको छ। ती संक्रमित देखिएका ति डाक्टरहरुसँगै उनले बैठक गरेका थिए।

संक्रमितमध्ये एक जना डाक्टर गत मार्च १मा स्पेनबाट फर्किएका थिए। त्यहाँ पनि उनलाई भाइरसको संक्रमण पुष्टि भएको थियो। तर, उनले फर्किएलगत्तै मार्च २ बाटै अस्पतालमा काम सुरु गरेका थिए।

यो घटनासँगै केरलाका मुख्यमन्त्री पिनारायी विजयनले अस्पतालप्रति रोष प्रकट गरेका छन् र, भनेका छन् ‘जो भयो यो धेरै नराम्रो भयो।’ उनले यसबारेमा अस्पतालसँग स्पष्टिकरण माग्ने बताएका छन्। धेरै डाक्टरहरुलाई एकैपटक भाइरसको संक्रमण भएपछि राज्यमा स्वास्थ्य जनशक्ति नै काममा आउन छोडेका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*