अफगानिस्तानमा विस्फोट हुदाँ आठ जनाको मृत्यु, २२ जना घाईते 

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २०:१९
;

अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोट हुदाँ आठ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका  छन्।

मारिएका व्यक्तिहरुमा दुई सर्वसाधारण र ६ तालिबानी लडाकू रहेका छन् । प्रान्तीय राजधानी तालुकानको बाहिरी इलाकामा स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० बजे सो विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अब्दुल खालिलले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन्

व्यस्त सडक इलाकालाई लक्ष्य गर्दै तालिबानी लडाकू समूहले सो विस्फोटक पदार्थ बोकेर हिडेका जनाइएको छ । उक्त विस्फोटमा परी घाइते भएका दश सर्वसाधारणमा केही बालबालिका समेत रहेका समाचारमा जनाइएको छ । 

अफगानिस्तानका तालिबान लडाकू समूहले सुरक्षाबललाई लक्ष्य गर्दै घरमा निर्माण गरिएका बमलगायत अन्य विष्फोटक पदार्थहरू विस्फोटन गराउदै आएका छन्  ।  यस्ता आक्रमणहरुबाट बारम्बार सर्वसाधारणलाई हानी पु¥याउँदै आएको पाइन्छ । 

गत वर्ष भएका विस्फोटक पदार्थ विस्फोटमा परी ८ सय भन्दा बढी नागरिक मारिनुको साथै २ हजार ३३० घाइते भएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*