कोरोनाको संक्रमणबाट एकैदिनमा ६ सय २७ जनाको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिनमा ६ सय २७ जनाको मृत्यु भएको छ । यो संख्या बिहिबार मारिएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो । थप ६ सय २७ जनाको मृ’त्यु भएसँगै इटालीमा ज्या’न गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ ।
शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।
उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था ग’म्भीर छ । कोरोना संक्रमण रोक्न इटालीले सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृ’तकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ । कोरोना भाइरस संक्रमण सुरुवात स्थल चीनभन्दा पनि अहिले इटाली सबैभन्दा बढी संक्रमण फैलिने मुलुकमा परेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म कोरोनाका कारण मृ’त्यु हुनेको संख्या संसारभ मृत्यु हुने मानिसको संख्या ११ हजार १ सय ७६ पुगेको छ।











