भारतमा कोरोना संक्रमित बढ्दै, ६ जनाको मृत्यु
भारतमा कोरोना भाईरस संक्रमितको संख्या बढ्ने क्रम जारी छ । भारतले कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले जनता कर्फ्युु लगाइएको छ ।
भारतको मेडिकल रिसर्च एशोसियसनका अनुसार संक्रमितको संख्या बढेर ३ सय ४१ पुगेको जनाएको छ ।
आइतबार मुम्बईमा मात्र छ जना र पुणेमा चार जना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन् ।
महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार ७४ जनामा सङ्क्रमण भेटिएको छ र एक जनाको मृत्यु भएको जनाएको छ ।
स्रोतका अनुसार भारतमा अहिलेसम्म छ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।