कोरोनाको त्रासः भारतले बन्द गरिदियो यात्रुवाहक रेल
भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरिदिएको छ ।
कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर सरकारले यात्रवाहक रेल सेवा बन्द गरिएको आइतबार जनाएको छ ।
भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।
आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
कतारबाट फर्किएका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । ती व्यक्तिलाई गत शुक्रबार अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा भर्ना गरिएको थियो। उनको मिर्गौलासम्बन्धी समस्या रहेको बताइएको छ । एजेन्सी