कोरोनाको संक्रमणबाट टिभी पत्रकारको मृत्यु
जिम्बावेका ३० वर्षीय टिभी पत्रकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । सोमबार ज्यान गुमाएका पत्रकार जोरोरो माकाम्बा त्यहाँको पहिलो कोरोनाभाइरस संक्रमित व्यक्ति रहेको सिएनएनले जनाएको छ ।
उनमा कोरोनाको लक्षण देखिएपछि जिम्बावेको राजधानी हारारेको अस्पतालमा उपचारका लागि गत बिहीबार भर्ना गरिएको थियो । उनी केही समयअघि न्युयोर्कमा भएको बेला उनमा कोरोनाभाइरस सरेको अनुमान गरिएको छ ।
उनलाई अहिले जिम्बावेको एकमात्रै आइसोलेसनको सेवा रहेको विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो । उनको गत वर्ष छातीबाट ट्युमर निकालिएको र अन्य रोगबाट पनि उनी ग्रसित रहेका बताइएको छ । एजेन्सी