हरेक १०० वर्ष मा मानव सभ्यतालाई तहसनहस बनाउने महामारी !

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १८:०८
;

हरेक १०० वर्ष मा संसार मा नयाँ महामारी देखा पर्ने गर्दछन । जसरी अहिले कोरोनाले विश्वमा आ’तंक मच्चाइरहेको छ। त्यसैगरी विश्व मानव सभ्यतालाई तहसनहस महामारी इतिहासमा सावित भएका छन्। त्यसकारण हरेक १०० बर्ष मा मानवले मानवलाई नयाँ महामारीको लागि नयाँ खोज अनुसन्धान गर्न बाध्य पार्दछ। सन् १७२० देखि सन् २०२० सम्मको घटनाहरु यसप्रकार छन् ।

१७२०

""
१७२० मा पुरै विश्वमा प्लेग फैलिएको थियो । ‘ग्रेट प्लेग अफ मार्सिले’ भन्ने नाम दिइएको उक्त भाइरस फ्रान्सको मार्सिले शहर फेला परेको थियो । उक्त भाइरसले लाखौंको ज्यान लिएको बताइन्छ । उक्त ग्रेट प्लेग अफ मार्सिले भाइरस दुई वर्षसम्म मानिसको दुश्मन बनेको थियो ।

१८२०

""

१७२० को सय वर्षपछि १८२० मा एशियामा कोलेरा महामारीको रूपमा परिवर्तन भयो । यो महामारीले जापान, फारस(हालको इरान) लगायत खाड़ी क्षेत्रका भारत, बैंकक, मनीला(फिलिपिन्स) जावा, ओमान, चीन, मौरिशस, सिरिया आदि देशमा प्रकोप फैलिएको थियो ।

केालेराले जाभा दिपमा एक लाख मानिसहरुको मृत्यु भएको थियो, भने सबैभन्दा बढी मृत्यु थाईल्याण्ड, इन्डोनेशिया र फिलिपिन्स मा भएको थियो।

१९२०

""

१८२० को सय वर्षपछि १८२० मा स्पैनिश फ्लू पहिला देखा परेको थियो । यो एक प्रकारको भाइरस १९१८ मा देखा परे पनि १९२० मा धेरै असर गरेको थियो । याे राेगबाट झण्डै दुई करोड मान्छे मरेको बताइन्छ ।

२०२०

""
१९२० को एक सय वर्षपछि २०२० मा अहिले काेभिड १९ अर्थात कोरोना भाइरस देखा परेको छ। चीनको वुहान सहरमा देखा परेको भाइरसले अहिले विश्वभर झण्डै चार हजार मानिसको ज्यान लिइसकेको छ ।

लाखौं कराेडौं मानिसमा संक्रमण भएको छ । अहिले विश्वमा आ’तंक मच्चाइरहेको छ।एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*