मन्दिरमा अन्धाधुन्ध गोली चल्यो

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १८:५१
;

अफगानिस्तानको काबुलस्थित शिख-हिन्दु मन्दिरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको छ । अफगानी सुरक्षा फौजले उक्त बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

बीबीसीका अनुसार धेरै भक्तालु मन्दिरभित्र थुनिएका छन् । सुरक्षाकर्मीले उनीहरुलाई बाहिर निकाल्‍ने प्रयास गरिरहेको छ । प्रहरीका अनुसार काबुलको सोरबजार क्षेत्रमा स्थानीय समयअनुसार बिहान ७:४५ बजे गोली चलाएको थियो । 

प्रत्यदर्शीहरुले विस्फोट र गोली चलेको सुनिएको बताएका छन् । 

अफगानी विशेष सुरक्षा फौजले उक्त क्षेत्र सिल गरेको छ भने आक्रमणकारीबीच गोली हानाहान भइरहेको  छ । अहिलेसम्म कति मानिसको मृत्यु भएको भन्‍ने सूचना आइसकेको छैन  । आक्रमणको जिम्मा भने अहिलेसम्म कसैले पनि लिएको छैन । –बीबीसी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*