कोरोनाका कारण इटलीमा एकै दिन ६ सय ८३ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा इटलीमा ६ सय ८३ जना र स्पेनमा ६ सय ५६ जनाले ज्यान गुमाएका छन । यो चीनको भन्दापनि धेरै हो।
इटलीमा ५७ हजार ५ सय २१ जान कोरोना संक्रमित छन् भने ९ हजार ३ सय ६२ जनाको उपचार पछि घर फर्किएका छन।
एकै दिन धेरैले ज्यान गुमाउनेमा इटलीपछि स्पेन रहेको छ। स्पेनमा एकै दिन ६ सय ५६ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४० हजार ५ सय १ जना संक्रमित रहेका छन । स्पेनमा ५ हजार ३ सय ६७ जनाको सफल उपचारको भइसकेको छ।
त्यस्तै फ्रान्समा पनि कोरोनाले ज्यान गुमाउनेको संख्या बढ्ने क्रम जारी छ। फ्रान्समा एकै दिन २ सय ३१ जनाले ज्यान गुमाएका छन् भने २० हजार संक्रमित छन् भने ३ हजार ९ सयको उपचार सफल भएको छ ।
विश्वभर २१ हजार २ सय जनाले ज्यान गुमाएका छन्।
तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ।